Aarthikaina
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.यादव नियुक्त
Manakamana Cable Car

काठमाडौं । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा.शिवराम यादव नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सिरहा नगरपालिका-१३ स्थित गम्भरियाका डा.यादवले मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गरेका छन् । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त भएका थिए । 

विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तरवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update