Aarthikaina
काँकडभिट्टाबाट गत वर्ष आठ करोडबढीको जडीबुटी निर्यात
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका काँकडभिट्टाबाट आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत निर्यात भएको हो ।  

उक्त आवमा चार करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । सोही अवधिमा एक करोड ६५ लाख २० हजार रुपैयाँको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजार रुपैयाँको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजार रुपैयाँको ११ मेट्रिक टन अमला, १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update