Aarthikaina
सफलताको नयाँ उचाईमा ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक सफलताको नयाँ उचाईमा पुगेको छ । कुशल एवं दुरगामी दृष्टिकोण सहितको सञ्चालक एवं व्यवस्थापन समिति, कर्तव्यनिष्ठ अनि क्षमतावान कर्मचारी संयन्त्रकै कारण ग्लोबल आईएमई बैंकको आजको दिनमा यो व्यावसायिक विरासतसँगै सफलताको नयाँ उचाई हासिल गर्न सफल भएको हो ।

बैंक तथा फाईनान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने बैंकमा यो पटक पनि ग्लोबल आईएमई बैंकको नाम दर्ज हुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अवार्डद्धारा बैंक सम्मानित हुनुले पनि बैंकले सफलताको नयाँ उचाई कायम गरेको पुष्टि गर्छ ।

बैंकले गत आर्थिक बर्षमा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरिसकेको छ ।उक्त बैंक विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहँुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले सबै क्षेत्रमा गरी तीन सय ५५ वटा शाखा, तीन सय ७६ वटा एटीएम काउन्टर, दुई सय ७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । बैंकमा हाल चार हजार बढी कर्मचारी रहेका छन् ।

नेपालमा हाल २० वटा बाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये केही बहुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित बैंक रहेका छन् भने केही स्वदेशी लगानीमा सञ्चालित बैंकहरु छन् । तर, ग्लोबल आईएमई बैंक एउटा त्यस्तो बैंक हो जुन यी २० वटा बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा सबल र सबैभन्दा अब्बल बैंकको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । बैंकले आफूलाई सबल र अब्बल मात्र बनाएको नभई सिंगो मुलुकको आर्थिक विकास र समृद्धिमा पनि निकै नै ठुलो योगदान दिइरहेको छ ।

आजको दिनमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धि नीति सफल छ भने यो सफलताको पछाडिको हात पनि ग्लोबल आईएमई बैंक कै रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै रहेको अवस्थामा आफ्नो नियमनकारी क्षमतालाई सुदृढ र प्रभावकारी बनाएर वित्तीय क्षेत्रलाई सबल र सक्षम बनाउनको लागि मर्जर प्राप्ति सम्बन्धि व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि ग्लोबल आईएमई बैंक एक्लैले साना ठूलासमेत गरी झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा गाभेको तथा विलय गराएको थियो । बैंकिङ क्षेत्रमा दुई वा दुईभन्दा बढी संस्थाहरुलाई मर्जर तथा प्राप्ति गरी एउटै संस्थाको रुपमा चलाउनु निकै नै चुनौतिपूर्ण रहेको छ । तर, ग्लोवल आईएमई बैंक एउटा त्यस्तो बैंक हो, जसले दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर सफलरुपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

मर्जरपछि अधिकांश बैंकहरुले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिस्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याएको छ । बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष रहेका छन् । सबैका लागि बैंक भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा चार खर्ब ४३ अर्ब १६ लाख ३० हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ३७ करोड ३० लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको बैंकले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले कमाएको यो नाफा चालु आवको पहिलो त्रैमासमा कमाएको यो नाफा बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी हो ।

ग्लोबल आईएमई बैंकले सिंगो मुलुकको आर्थिक विकास, समृद्धि, आन्तरिक उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ, पुर्वाधार, पर्यटन लगायतका क्षेत्रमा निकै ठूलो योगदान पुर्याइरहेको छ । बैंकको प्रत्यक्ष सेवा आजको दिनमा प्रत्येक नेपालीको भात भाञ्छासम्म पुगेको छ । चाहे प्रत्यक्षरुपमा बैंकिङ सेवा, बिपन्न वर्ग कर्जाको नाममा होस् या रेमिट्यान्सको नाममा ग्लोवल आईएमई बैंकको सेवा आजको दिनमा सबै नेपाली नागरिकको घरदैलोमा पुगेको छ । बैंकको यो सेवाले देशको भूगोल पार गरी विदेशमा बस्ने नेपाली नागरिकहरुलाई समेत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्लोवल आईएमई बैंकका अध्यक्ष ढकालको दुरगामी भिजन र सक्षम नेतृत्व, बैंकको कुशल व्यवस्थापन, सिंगो कर्मचारीहरुको सामुहिक प्रयास, आमग्राहक एवं सेयरधनीहरुको साथ, सहयोग र शुभेच्छा आदिका कारण नै बैंकले आजको दिनमा यो व्यावसायिक उचाई हासिल गर्न सफल भएको हो । बैंकको यो व्यावसायिक सफलतामा ग्लोबल आईएमई बैंक परिवारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका सबैको निकै नै ठूलो हात रहेको छ । यिनै स्वावलम्बी र मिहेनती हात र साथहरुले गर्दा नै ग्लोबल आईएमई बैंकले आजको दिनमा यो व्यावसायिक बिरासत कायम गर्न सफल भएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update