Aarthikaina
वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा दीपाले हात पारिन स्वर्ण 
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । ११औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छन् । काजखस्तानमा सम्पन्न प्रतियोगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी)मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले स्वर्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरेकी छन् । बिष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न १०औँ संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिमान बनाएकी थिइन् । त्यसअघि उनले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी छन् । काजखस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update