Aarthikaina
यसवर्षको इन्स्योरेन्स एसिया अवार्डद्वारा हिमालयन एभरेष्ट इन्स्योरेन्स सम्मानित
Manakamana Cable Car

काठमाडौं । सिंगापुरमा आयोजित ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स सम्मानित भएको छ । इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘डोमेस्टिक जेनेरल इन्स्योरर-नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर-नेपाल’ गरी दुई वटा अवार्ड प्रदान गरिएको हो । 

सो अवसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले समस्त सेवाग्राही तथा साझेदारहरुप्रति आभार व्यक्त गर्दै प्राप्त अवार्डहरूले नयाँ मापदण्डहरू बनाउन र सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको बताए । 

दुबै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इ-सेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको जनाइएको छ । साथै, यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update