Aarthikaina
ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
Manakamana Cable Car

काठमाडौँ । उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिता २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले हराउँदै उरुग्वे अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो । उरुग्वेले अब सेमिफाइनलमा बोलम्बियासँग भिड्नेछ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update