Aarthikaina
सर्वोत्कृष्ट (+२) मावि २०८० : क्यापिटल मावि(सिसिआरसी)

सिसिआरसी मावि स्थापनाकालदेखि नै देशभरिका सर्वोत्कृष्ट माविमध्येमा पर्न सफल हुँदै आएको छ । यसरी हरेक वर्ष सर्वोत्कृष्ट मावि रही आउनुमा बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरिआएको उच्च प्राप्ताङ्क एम्.बि.बि.एस., इन्जिनियरिङ् लगायत अन्य उच्च अध्ययन संस्थामा प्राप्त गरेको छात्रवृत्ति प्रमुख कारण हुन् ।

यसका अतिरिक्त यस कलेजमा अध्यापनरत अनुभवी शिक्षक शिक्षिकाहरु, अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयमा यस माविका विद्यार्थीहरुले प्राप्त गरेको छात्रवृत्ति, विद्यार्थी तथा अभिभावकहरुको सन्तुष्टि यस माविको भौतिक पूर्वाधार लगायत विद्यालयले आयोजना र सम्पन्न गर्ने सामाजिक हितका क्रियाकलापहरुले पनि सिसिआरसी कलेजलाई सर्वोत्कृष्ट हुनुमा उल्लेख्य भूमिका खेलेका छन् ।

एम्.बि.बि.एस्. प्रवेश परीक्षामा सिसिआरसीको अग्रस्थान

वर्ष २०२४मा एम्.बि.बि.एस्. अध्ययनका लागि चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एकीकृत प्रवेशपरीक्षा (सि.ई.ई.)मा सिसिआसीका २४ जना विद्यार्थीहरुले एकैसाथ पूर्ण छात्रवृत्तिमा कोटामा नाम निकालेका छन् ।

Manakamana Cable Car

दसौं हजार प्रतिस्पर्धीहरुलाई उछिन्दै यति धेरै संख्यामा एकै पटक छात्रवृत्ति कोटामा नाम निकालेर सिसिआरसी कलेज राष्ट्रियस्तरमै सफल कलेजको रुपमा स्थापित भएको छ । गत वर्ष २०२३ मा २८ जना विद्यार्थीहरुले एम्.बि.बि.एस्. प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति कोटामा नाम निकालेका थिए ।

यस कलेजका जेहेनदार छात्र छात्राहरु क्रमशः सन्देश पण्डित, इशा अमात्य र निरञ्जन अधिकारीले एम्.बि.बि.एस्. अध्ययनका लागि लिइने प्रवेश परीक्षामा प्रथम स्थानमै नाम निकाल्न सफल भएका थिए । यस अघि आई.ओ.एम्. महाराजगन्जको एम्.बि.बि.एस्.को प्रवेश परीक्षामा यस कलेजका सन्देश पण्डितले ९७ अङ्क प्राप्त गरेका थिए । यो अङ्क पनि हालसम्म आई.ओ.एम्.को इतिहासकै उच्च अङ्क हो । यस अतिरिक्त वर्ष २०७४ मा यस कलेजका छात्र जगत् किरण ओलीले बि.पि.के.एच्.एस्. (धरान) को एम्.बि.बि.एस्. प्रवेश परीक्षामा प्रथमस्थानमै नाम निकालेर कलेजको सिर उच्च बनाएका थिए । यसै गरी हालसम्म एम्.बि.बि.एस्. प्रवेश परीक्षामा यस कलेजका विद्यार्थीहरुले २ पटक दोस्रो स्थानमा नाम निकालिसकेका छन् ।

यसै गरी जगदम्बा गुठीद्वारा प्रत्येक वर्ष कलकत्ता मेडिकल कलेज (भारत)मा एम्. बि.बि.एस्. अध्ययनको लागि लिइने परीक्षामा यस कलेजका ५ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिकोटामा अध्ययन गरिसकेका छन् । यसमध्ये केही विद्यार्थीहरु हाल भारतका लब्धप्रतिष्ठित स्वास्थ्यसंस्थामा वरिष्ठ चिकित्सकका रुपमा आबद्ध छन् ।

यसरी हरेक वर्ष सिसिआरसी कलेजबाट दर्जनौं विद्यार्थीहरुले चिकित्सा शिक्षाका लागि लिइने प्रवेश परीक्षामा सफलता प्राप्त गरेका छन् । वास्तवमा कलेजले कक्षा ११ र १२ को नियमित पाठ्यक्रमसँगै उनीहरुलाई कक्षा १२ सकेपछि आवश्यक पर्ने प्रवेश परीक्षाको तयारी पनि क्रमशः गराउँदै लैजानुले पनि धेरै संख्यामा विद्यार्थीहरुले छात्रवृत्ति कोटामा नाम निकाल्न सकेका हुन् ।

आई.ओ.ई. (पुल्चोक) प्रवेश परीक्षामा सिसिआरसीको उच्च स्थान

वर्ष २०८०÷८१ मा आई.ओ.ई. (इन्जिनियरिङ् अध्ययन संस्थान) पुल्चोकले बि.ई. अध्ययनको लागि लिएको छात्रवृत्ति प्रवेश परीक्षामा सिसिआरसीका २७ जना विद्यार्थीले एकै साथ नाम निकालेर राष्ट्रिय कीर्तिमान नै कायम  गर्न सफल भएका छन् ।

वर्ष २०७८,  २०७७ र २०७३ मा यस कलेजका मेधावी छात्र निराजन साह,सुमन तामाङ् र सुदीप भण्डारीले बि.ई. अध्यययनका लागि लिइने प्रवेश परीक्षामा प्रथम स्थानमै नाम निकालेका थिए । सोही वर्ष यस कलेजका विद्यार्थी निराजन साहले १३७.८ अङ्कसहित प्रथम स्थानमै नाम निकालेर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । निराजन साहले प्राप्त गरेको सो अङ्क बि.ई. अध्ययनका लागि लिइने प्रवेश परीक्षाको हालसम्मकै उच्च अङ् क हो । यसरी सिसिआरसी कलेजका विद्यार्थीहरुले लगातारजस्तै बि. ई. प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेर राष्ट्रियस्तरमै कीर्तिमान कायम गरेका छन् । वर्ष २०२३ मा पनि यस कलेजबाट २७ जना विद्यार्थीहरुले बि.ई. अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए भने अघिल्लो वर्ष २०२२ मा पनि २७ जना नै विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । यसै गरी कलेजको स्थापना कालदेखि नै यस कलेजका विद्यार्थीहरुले राष्ट्रिय अन्तराष्ट्रिय सबै किसिमका प्रवेश परीक्षामा उच्चतम अङ्कसहित उल्लेख्य संख्यामा छात्रवृत्तिकोटामा नाम निकालेर कीर्तिमान कायम गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयमा सिसिआरसीका विद्यार्थीहरुको पहुँच

विश्वमै नाम कहलिएका एम्.आई.टी., हार्वड, कोर्नेल आदिजस्ता विश्वप्रसिद्ध विश्वविद्यालयहरु सिसिआरसीका विद्यार्थीहरुका लागि उच्च शिक्षाको थलो बन्दै गएका छन् । कक्षा १२ सफल भएपछि बर्सेनी दर्जनौं विद्यार्थीहरु विश्वमै उत्कृष्ट मानिएका यी विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति कोटामा उच्च तहको अध्ययन गरिरहेका छन् । वर्ष २०२४ मा सिसिआरसीका रुकमणि घोरासैनी र अभिषेक सुवेदी लगायतका ३० जना विद्यार्थीहरुले संयुक्त राज्य अमेरिकाका विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका छन् । रुकमणि र अभिषेक हाल फूल राइड छात्रवृत्तिमा उच्च तहको अध्ययन गरिरहेका छन् । यसै वर्ष सिसिआरसीका २ जना विद्यार्थीहरु पेसल पराजुली तथा राम यादव संयुक्त राज्य अमेरिकाको शैक्षिक कार्यक्रम हेर्ने संस्था (युसेफ)बाट अपरच्युनिटी फण्ड छात्रवृत्ति कोटामा उच्च अध्ययनका लागि छनोट भएका छन् ।

वर्ष २०२२÷२३ मा यस कलेजकी छात्रा रुचि भट्ट विश्वमै नं. एक मानिएको एम्.आई.टी. (म्यसाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी)मा फुलराइड छात्रवृत्तिसहित इन्जिनियरिङ् अध्ययनको लागि छनौट भएकी थिइन् । गतवर्ष सो छात्रवृत्ति पाउने उनी एकमात्र नेपाली विद्यार्थी रहेकी थिइन् । यसअघि सिसिआरसीका विद्यार्थीहरु प्रमोद कँडेल र महेश थापाले पनि एम्.आई.टी.बाट पूर्ण छात्रवृत्ति कोटामा उच्च अध्ययन गरिसकेका छन् । वर्ष २०२२÷२३ मै यस कलेजका विद्यार्थीहरु आशिष पन्त, स्मृति न्यौपाने र अन्शुराज सेढाईँ पनि फुलराइड छात्रवृत्तिमा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा उच्च अध्ययनका लागि छनोट भएका थिए । सो वर्ष पूर्णछात्रवृत्ति कोटामा उच्च शिक्षाका लागि विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा छनोट भएका सिसिआरसीका विद्याथीहरुको संख्या २१ रहेको थियो ।

सिसिआरसी कलेजले विद्यार्थीहरुलाई विभिन्न सेमिनार तथा अन्य कार्यक्रमहरुमार्फत् विश्वका उत्कृष्ट विश्वविद्यालयमा पूर्णछात्रवृत्ति कोटामा उच्च अध्ययनका लागि उचित परामर्श दिंदै आएकोे छ । यसरी बर्षेनी सिसिआरसीका दर्जनौं विद्यार्थीहरु विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पूर्णछात्रवृत्ति कोटामा छनोट हुँदै जानु वास्तवमै राष्ट्रको लागि समेत गौरवको विषय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड (एन्.इ.बी.)मा सिसिआरसीको अब्वल नतिजा

सिसिआरसी आफ्नो स्थापनाकालदेखि नै जेहेनदार तथा उत्कृष्ट विद्यार्थीहरको पहिलो रोजाइमा पर्दै आएको यस कलेजले राष्ट्रिय परीक्षा बोर्डको नतिजामा पनि सदैव उच्च नतिजाका साथ उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।

वर्ष २०८० को राष्ट्रिय परीक्षा बोर्ड (एन्.ई.बी.)को नतिजालाई विश्लेषण गर्ने हो भने यस कलेजका विद्यार्थी सजिन कार्कीले ३.९६ जिपिए प्राप्त गरेका थिए । यस वर्ष उनले प्राप्त गरेको सो जिपिए अधिराज्यमै सर्वोच्च अङ्क हो । उनीबाहेक लक्कीकुमार जयसवाल (३.९४), समीर चौलागाईँ (३.९३), प्रनिस दहाल (३.९२), पुष्कर भट्ट (३.९२), रबिन्द्र साह ( ३.९२), दृष्टि पन्त (३.९०), करुणा थापा (३.९०) र रिजन नेपाल (३.९०)ले पनि उच्च जिपिए प्राप्त गरी यस कलेजको गौरवमय इतिहासलाई निरन्तरता दिएका छन् । यस वर्ष कलेजको पास प्रतिशत ९९ को हाराहारीमा रहेको छ ।

एन्.ई.बी.को विगत ५ वर्षको नतिजा हेर्ने हो भने यस कलेजको पास प्रतिशत ९८.५ रहेको छ । स्थापनाकालदेखि नै यस कलेजका विद्यार्थीहरुले एन्.ई.बी. परीक्षामा उच्च ग्रेड हासिल गर्दै आइरहेका छन् ।

यस कलेजका छात्राहरु क्रमशः सरु न्हिसुतु र शैलजारत्न पाण्डेले विगतमा एन्.ई. बी.को परीक्षामा सर्वोच्च अङ्क प्राप्त गरी सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल छात्रा विद्या पदक प्राप्त गरेको अविस्मरणीय इतिहास छ । हालसम्म यस कलेजले एन्.ई.बी.को परीक्षाको नतिजामा ३ पटक प्रथमस्थान प्राप्त गरेको छ भने ७ पटक दोस्रो स्थान प्राप्त गरेको छ ।

सिसिआरसी कलेज गुणस्तरीय तथा वैज्ञानिक शिक्षाप्रति कटिबद्ध शैक्षिकसंस्था हो । एस्.ई.ई. परीक्षामा उच्चतम ग्रेड प्राप्त गर्ने लगनशील तथा मेधावी विद्यार्थीहरुको पहिलो रोजाइको यस कलेजबाट हालसम्म दसौं हजार विद्यार्थीहरु दीक्षित भैसकेका छन् ।

सिसिआरसी कलेजमा प्रि–इन्जिनियरिङ्, प्रि–मेडिकल र प्रि–सिएका तयारी कक्षाहरु

सिसिआरसी कलेजले कक्षा ११ बाट नै नियमितरुपमा विद्यार्थीहरुलाई प्रि–इन्जिनियरिङ्, प्रि–मेडिकल तथा प्रि–सिएका लागि तयारी कक्षाहरु उपलब्ध गराउँदै आएको छ । कलेजले नियमितरुपमा सञ्चालन गरेका यस्ता कक्षाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा सफल हुन सहयोग पु¥याइरहेको हुन्छ । यी कक्षाहरुले विद्यार्थीहरुमा आत्मवल बढाउनुका साथै परिश्रम गर्ने बानीको विकास गरेको हुन्छ ।

हरेक वर्ष दर्जनौं विद्यार्थीहरु इन्जिनियरिङ्, मेडिकल, सिए, कृषि, वन आदि विभिन्न अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उच्च अङ्कसहित छनोट हुनुमा उक्त किसिमका तयारी कक्षाहरुको उल्लेख्य भूमिका रहेको छ ।

सिसिआरसी कलेजमा खेलकुद

सिसिआरसी कलेजमा विद्यार्थीहरुले विषयगत ज्ञानलगायत व्यवहारिक शिक्षाको ज्ञान पनि समानरुपमा प्राप्त गरिरहेका हुन्छन् । सिसिआरसीले विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय खेलकुदमा पनि बरोबर सहभागी गराउँछ । वार्षिक रुपमा मनाइने खेलकुद सप्ताहसँगै हिसान कप लगायतका खेलकुद कार्यक्रममा पनि विद्यार्थीहरुको सशक्त भूमिका रहँदै आएको छ । सिसिआरसी ३ पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । यसै गरी यो कलेज ९ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, ७ पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबलटेनिस प्रतियोगितामा प्रथम भएर यस कलेजले खेलकुदका विभिन्न विधामा आफूलाई बलियो रुपमा उभ्याएको छ ।

यस कलेजमा खेलकुदका लागि मापदण्ड र विद्यार्थीका रुचिअनुसारका अत्याधुनिक कोर्टहरु तयार गरिएका छन् । कलेज प्राङ्गणमा फुटसल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन लगायतका खेलका छुट्टाछुट्टै कोर्टहरु छन् । ती कोर्टहरुमा ब्रेकटाइम तथा अन्य उपयुक्त समयमा विद्यार्थीहरु आआफ्ना रुचिअनुसारका खेलकुदमा रमाउँछन् ।

सिसिआरसीका विद्यार्थीहरुको सामाजिक क्रियाकलापमा सहभागिता

यस कलेजका विद्यार्थीहरु कलेजमा आबद्ध विभिन्न क्लबहरुमार्फत् सामाजिक सेवा तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेका छन् । कलेजमा आबद्ध विभिन्न १४ वटा क्लबहरुले शिक्षालाई समुदायसँग जोड्दै विद्यार्थीहरुमा मानवीय मूल्य र नैतिक शिक्षाको चेतनाले प्रेरित गर्दै लगेको छ ।

यस कलेजका विद्यार्थीहरु, विभिन्न क्लबहरुले आयोजना गर्ने हाजिरी जवाफ, खेलकुद, वैज्ञानिक शोध र अन्वेषणका क्रियाकलापहरु, कविता प्रतियोगिता जस्ता क्रियाकलापमा आबद्ध भई आआफ्ना व्यक्तित्व र प्रतिभा प्रस्फुटन गरिरहेका हुन्छन् । त्यसै गरी अनाथालय र बृद्धाश्रममा सहयोग, वृक्षरोपण, सरसफाइ, चेतनामूलक ¥यालीहरु ,रक्तदान आदि कार्यक्रममार्फत् पनि विद्यार्थीहरु आआफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेका हुन्छन् ।

यसरी शिक्षालाई सामाजिक मूल्यमान्यतासँग जोड्दै अघि बढ्नाले विद्यार्थीहरुमा नैतिक मूल्यको बृद्धि हुने र सँगै आफ्नो व्यक्तित्व विकासको अभिबृद्धि हुने कुरा सिसिआरसीले विद्यार्थीलाई व्यवहारिक प्रशिक्षण दिइआएको छ ।

भौतिक पूर्वाधारसम्पन्न सिसिआरसी

आफ्नै भवनमा सञ्चालित यस कलेजका प्रत्येक कक्षाकोठामा अत्याधुनिक स्मार्टबोर्डहरु राखिएका छन् । अध्ययनअध्यापन तिनै स्मार्टबोर्डमार्फत् सञ्चालन हुन्छ । कक्षामा पढाइएका विषयवस्तुलाई रेकर्ड गर्ने सुविधासमेत भएकाले कारणवश प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरुलाई आआफ्नै घरबाटै अध्ययनमा संलग्न हुने व्यवस्थासमेत मिलाइएको छ । कलेजमा दुईदुईवटा व्यवस्थित क्यान्टिन र अत्याधुनिक पुस्तकालय रहेका छन् । यसै गरी कलेजभित्रै शुद्धपेयजलको प्लान्ट रहेको छ र आवश्यक सुविधासम्पन्न शौचालायहरु निर्माण गरिएका छन् । यसरी सिसिआरसी कलेज भौतिक पूर्वाधारमा पनि सुसम्पन्न छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update