Aarthikaina
नक्कली नोट कारोवार गर्ने एक महिला पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको पाँच सय १५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update