पाँच वर्षमुनिको बिगिनर्समा रायडेनले हात पारे स्वर्ण

काठमाडौं । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।
अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५-१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाए । प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट चार खेलाडीले सहभागिता जनाएका थिए ।
१०-११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए । टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ २०:३७
प्रतिक्रिया दिनुहोस्