Aarthikaina
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

दाङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update