प्रधानमन्त्री कप भलिबलमा पुलिसको लगातार चौथो जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हात पारेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली खेलकुद विकास परिषद्लाई २५-७, २५-६ र २५-८ को सोझो सेटमा हरायो ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्