Aarthikaina
बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन् । ओखलढुङगा चम्पादेवी गाउँपालिका घर भई काठमाडौंको तिलगंगा बस्ने ५० वर्षीय तिलक बहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

तिलक बहादुर संलग्न सात लाख रूपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update