Aarthikaina
अनलाइनमार्फत १६ लाखबढी ठगी गरेको अभियोगमा एक युवा पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा दाङ घोरही उपमहानगरपालिका घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग जस्ता प्रयोजनमा चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा पैसा पठाउन लगाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

उनले १६ लाख ६२ हजार रूपैयाँ आफ्नो बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update