Aarthikaina
साउदी रियाल देखाई १४ लाखबढी ठगी गर्ने तीन जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । साउदी रियाल देखाई १४ लाख २१ हजार पाँच सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली दुधौली नगरपालिका जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ पक्राउ परेका हुन् । 

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौं गोकर्णेश्‍वर नारायणटारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले रामेछाप घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतका मानिसहरूलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार पाँच सय रूपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूबाट साउदी अरेबियाको रियाल एक सय दरको दुई थान, नेपाली रूपैयाँ १० दरको एक सय थान, प्रदेश १-०५-००१ प ८०३७ नम्बरको मोटरसाइकल एक थान, बा.४६ प ९७७५ नम्बरको स्कुटर एक थान र मोबाईल तीन थान बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update