Aarthikaina
अमेरिकाको न्युजर्सीमा नन्दाले हात पारिन दोहोरो स्वर्ण
Manakamana Cable Car

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप यूएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update