Aarthikaina
सस्तो मूल्यमा इलेक्ट्रीक कार खोज्नेलाई थपियो ३ नयाँ मोडल

काठमाडौं । सस्तो मूल्यमा फिचर लोडेड इलेक्ट्रीक कार खोज्नेलाई तीन नयाँ मोडल थपिएका छन् । यसअघि बीवाइडी डल्फीन, सिट्रोन इसीथ्री र टाटा टियागो मात्रै इलेक्ट्रीक ह्याचव्याक थिए ।

ह्याचव्याक सेग्मेन्टमा विलिङ विङ्गो, डायून र डोङफेङ नामी-०१ मोडल थपिएको हो । विलिङ विङ्गो मोडलको बिक्री सुरु भइसकेको छ भने डायून र डोङफेङको बिक्री सुरु भएको छैन ।

पारामाउन्ट मोटर्सले बिक्री सुरु गरेको विलिङ विङ्गो इन्डोनेशियामा उत्पादन भएको इलेक्ट्रीक ह्याचव्याक हो । कम्पनीले यसको इन्टोडक्टरी प्राइस भनेर ३१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कम्पनीको अनुसार विलिङ विङ्गो ईभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

विङ्गो ईभीमा ३२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसको पीकपावर क्षमता भने ४९ किलोवाट रहेको छ । विङ्गोमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ ।

लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर विङ्गोमा पाउन सकिन्छ । कम्पनीले यसमा ८ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र ३ वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरेको जनाएको छ ।

ह्याचव्याक सेग्मेन्टमा आएको दायून ब्राण्डको युएहु मोडल पनि बजेटको हिसावले आकर्षक छ । कम्पनीले यसको अधिकतम खुद्रा मूल्य बजेट अगाडि नै ३१ लाख रुपैयाँ घोषणा गरेको थियो ।

दायून युएहु मोडलमा ३१.७ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसलाई सिंगल चार्जमा ३३० किलोमिटर गुडाउन सकिने कम्पनीको भनाइ छ । यो ह्याचव्याकमा २०१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

युएहु बजेट कारमा डिजिटल क्लष्टर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीक पार्किङ ब्रेक, चारवटै चक्कामा डिस्क ब्रेक, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछ । यसमा ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कारण यसमा नेपाल सरकारले तोकेको सबैभन्दा कम कर लाग्नेछ ।

एमएडब्लू वृद्धि कर्पले नेपाल ल्याएको डोङफेङ नामी पनि उत्कृष्ट ह्याचव्याक कार हो । डोङफेङ नामी ०१ प्रिमीयम फिचर भएको इलेक्ट्रीक ह्याचब्याक हो । यसको पनि भन्सार जाँच पास हुँदा ३९ लाख ९९ हजार मूल्य तोकेर आएको छ ।

फ्रेमलेस डोर, फ्लस ढोर ह्यान्डल्स र सेल्फ पार्किङ जस्ता सेग्मेन्ट फस्ट फिचरहरू यसमा छन् । नामी मोडलको ड्यासबोर्डमा ५ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, १२.८ इन्चको सेन्ट्रल स्क्रीन छ । जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट फिचर सहितको हो । यसमा स्पोर्टी टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्वील छ ।

एडास २.० सुरक्षा फिचर रहेको यो कारमा ३६० डिग्री क्यामरा तथा २ एयरब्याग रहेको छ । प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी ०१ को लम्बाई ४०३० एमएम चौडाई १८१० एमएम, उचाई १५७० एमएम छ ।यसमा ग्राउण्ड क्लियरेन्स १७५ एमएम पाउन सकिन्छ ।

यसमा ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । यसले ४०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update