Aarthikaina
आठ हजार यूरोसहित बंगलादेशी नागरिक पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा आठ हजार यूरोसहित बंगलादेशी नागरिक २३ वर्षीय सैयद शरीफुल हसनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बिमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट ढाका जान लागेका उनको व्यागलाई स्क्रिनिङ गर्ने क्रममा व्यागभित्र रहेको एक सय दरको ३० थान र ५० दरको एक सय थान यूरो फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बुधबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update