Aarthikaina
नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

बारा । नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा बस्ने ४० वर्षीय महमद आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका-९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित एक हजार दरको सात सय सात थान र सिम्रौनगढ नगरपालिका-९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई एक हजार दरको छ सय नौ थानसहित पक्राउ गरेको हो ।

साथै, प्रहरीले राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update