Aarthikaina
क्यानडामा मे २५ मा २५६८औँ बुद्ध जयन्ती महोत्सव हुने

काठमाडौं । ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडासँगको सहकार्यमा यही मे २५ मा २५६८औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ । बैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा तथागत् भगवान शाक्यमुनि बुद्धको जन्म, महाबोधि ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्ध जयन्ती भनेर मनाउने गरिन्छ । यसै कारण बैशाख पूर्णिमालाई विश्वका बौध्द धर्मावलम्बीहरूले बुद्ध जयन्तीलाई हर्षोल्लासका साथ मनाउँदै आइरहेको छन् । 

ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो साँस्कृतिक नृत्य प्रस्तुति, द्विप “क्षेमी” प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८औँ बुद्ध जयन्ती महोत्सव मनाउँदै छ । करिब हजार जना सहभागी रहने यस महोत्सवमा क्यानडाको साथै अमेरिकामा रहेका ह्योल्मो तथा नेपालीहरु, विशिष्ट क्यानडियन अतिथिहरूसहित बाक्लो संख्यामा क्यानडियन नागरिकहरुको सहभागिता रहने जनाइएको छ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

सुरुवातमा औपचारिक कार्यक्रममा नेपाल तथा क्यानडाको राष्ट्रिय गान, द्विप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण सहित विशेष कार्यक्रमहरु ग्रिने क्यानडामा आयोजित २५६८औँ बुद्ध जयन्ती समारोहका संयोजक केशाङ ज्याबा ह्योल्मोले जनाए । उनी ह्योल्मो सोसाइटी अफ क्यानडाका सँस्थापक अध्यक्ष पनि हुन् । उनले भने, ‘अमेरिकाबाट पनि ह्योल्मो बन्धुहरु यस विशेष समारोहको शोभा बढाउनुको साथै कार्यक्रमलाई भव्यताका साथ सफल पार्न आउँदै हुनुहुन्छ ।’

उनका अनुसार नेपाल देश भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तीको मुहान भएको यथार्थलाई विशेष महत्वका प्रबद्र्धन गर्दै सम्पूर्ण जगतको कल्याण तथा विश्वमा अहिंसा भाईचारा र सद्भाव बढाउन सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिको कामना गर्दै विश्वशान्तिका महानायक शाक्यमुनि भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी तथा नेपाल राष्ट्रको प्रचारप्रसार गरी नेपालको पर्यटन विकास विकासमा समेत टेवा पु¥याउने लक्ष्य समेत रहेको छ ।

ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व श्याङबा ह्योल्मोले भने, ‘शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धि फैलाउन, सुन्दर नेपालको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र अन्तराष्ट्रिय पर्यटन प्रबर्द्धन हुने आशा लिएकोछ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update