Aarthikaina
भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा  रूपन्देही रोहिणी गाउँपालिका ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका शिबचोकबाट पक्राउ गरेको हो । 

पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update