Aarthikaina
चेस प्रतियोगिताको उपाधि कृष्णकुमार खाँलाई

काठमाडौं । युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि बाराका कृष्णकुमार खाँले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार जितेका छन् । 

शनिबार सम्पन्न नौ चरणको खेलमा समान ८ अंक भएपनि टाइब्रेकमा मोरंगका लोकसागर साम्बा दोश्रो र पाँचथरका रिसोन थापा तेश्रो भए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार हात पारे । दुइ दिने प्रतियोगिताको महिलातर्फ काठमाडौंकी एन्जेल महर्जन प्रथम र सिन्दिरा जोशी दोश्रो भइन ।

Manakamana Cable Car

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रम संयोजक डा.मोहनसिंह प्रधान, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, फिडे ट्रेनर केशव श्रेष्ठ लगायतले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका हुन् । अन्नपूर्ण मा.बि.मा संचालित प्रतियोगिताका उत्कृष्ठ २६ जना खेलाडीहरुको लागि कूल एक लाख १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो । 

नेपालका ७७ वटै जिल्लाका खेलाडीहरुको सहभागिता गराउने ध्येयका साथ आयोजना गरिएको प्रतियोगितामा ५० जिल्लाका एक सय ८५ जना खेलाडीहरु सहभागी थियो । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update