Aarthikaina
जुडो कार्यसमितिलाई बधाइ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसंग भएको भेटमा सदस्य–सचिव घिसिङले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए । उनले वर्तमान कार्यसमितिले जुडो संघलाई अझ मज्बुद बनाएर लाने विश्वास व्यक्त गर्दै जुडो खेलप्रति आकर्षण जगाउन व्यापक प्रचार प्रसार गर्नु पर्ने आवश्यकता औल्याए ।

Manakamana Cable Car

गत बैशाख ३१ गते सम्पन्न जुडो संघको छैठौं केन्द्रीय चुनावी साधारण सभाले दीपकहर्ष वज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

धर्मशिला चापागाईं वरिष्ठ उपाध्यक्ष, रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गंगा खड्का उपाध्यक्ष, प्रकाशचन्द्र पाण्डे महासचिव, पवनकुमार बानियाँ सचिव तथा प्रमोदप्रसाद नेपाल कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

राजन रोकाय, सुनिता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मुक्तान र प्रकाश सारु मगर सदस्यमा चयन भएका थिए । सबै पदमा निर्वाचन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update