Aarthikaina
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएका थिए । बहस टुंग्याएर सकेसम्म आजै फैसला गर्ने तयारी रहेको थियो ।

तर, बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । भोलि नै फैसला आउन सक्ने सम्भावना प्रवल छ ।

Manakamana Cable Car

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरेका थिए । यस्तै, गौशाला २६ को तर्फबाट २ सरकारी वकिल र उनका निजी वकिलहरूले बहस गरेका थिए ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनुवाइ भइरहेको हो । सन्दीपको मुद्दामा पटकपटक सुनुवाइ हुन नसक्दा उनी टी–२० विश्वकप खेल्न पाउने कि नपाउने भन्ने अन्योल छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update