Aarthikaina
‘कोका–कोला महोत्सव’ नयाँ योजना सार्वजनिक

काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले रेष्टुरेण्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरूसँग सहकार्य गरेको छ ।

Manakamana Cable Car

यी रेष्टुरेण्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरूसँग नि:शुल्क कोक प्राप्त गर्न सक्नेछन् । 

कोका–कोलाको कोकंमिल्स् क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update