Aarthikaina
वाणिज्य बैंकहरुले घटाए ब्याजदर
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । जेठ महिनाका लागि प्रायजसो बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् । नौ वटा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् भने सात वटाले बैशाखको ब्याजदरलाई स्थिर राखेका छन्, तीन वटा बैंकले ब्याजदर बढाएका छन् । 

समग्रमा जेठ महिनाका लागि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसतमा ०.०८ प्रतिशतले घटेको हो । ब्याजदर बढाउने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया र प्रभु छन् । ग्लोबल आईएमईको कर्जाको ब्याज बैशाखमा सात प्रतिशत रहेकामा जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ । बैशाखमा ७.७५ प्रतिशत रहेको एनआईसी एसियाको कर्जा ब्याज जेठ महिनाका लागि ७.८ प्रतिशत कायम भएको छ । यसबाहेक बैशाख महिनामा ७ प्रतिशत रहेको प्रभु बैंकको ब्याजदर जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ ।

ब्याज घटाउने बैंकहरुको सूचीमा नबिल, सिद्धार्थ, एभरेस्ट, सिटिजन्स, एनएमबी, एसबीआई, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् । यता ब्याज बैशाखको जस्तै स्थिर राख्ने बैंकहरुको सूचीमा स्ट्यान्डर्ड चार्टड, माछापुच्छ्रे, हिमालयन, एनआईएमबी, कुमारी, नेपाल र लक्ष्मी सनराइज बैंक छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update