Aarthikaina
मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।

योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता नाइट राइडर्स पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकता नाइट राइडर्सले सात विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १६ ओभरमा आठ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

Manakamana Cable Car

मुम्बई इन्डियन्सका ओपनर इशान किशनले सर्वाधिक ४० रन बनाएका थिए । २२ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए । तिलक वर्मा ३२ रन, रोहित शर्मा १९ रन र नमन धीर १७ रनमा आउट हुँदा अंशुल कन्बोज २ र पीयुष चावला १ रनमा अविजित रहेका थिए । कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल, वरुण चक्रवर्ती र हर्षित राणाले २/२ विकेट लिएका थिए । सुनील नारायणको नाममा १ विकेट रह्यो ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सको १२ खेलमा १८ अंक छ । पराजित मुम्बइ इन्डियन्सको भने १३ खेलमा आठ अंक मात्रै छ । मुम्बई इन्डियन्स यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update