Aarthikaina
पूर्व खेलाडी जनार्दन घिमिरे सम्मानित

काठमाडौं । क्योकुसिन करातेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन् । पाको नेपाल क्योकुसिन कराते संघले आयोजना गरेको आफ्ना खेलाडीको ग्रेडिङ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन् ।

हालै प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा बढुवा भएकोमा घिमिरेलाई सम्मान गरिएको हो । पाको क्योकुसिनकी नेपालका लागि ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षक सन्जु महर्जनले घिमिरेलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरिन् ।

Manakamana Cable Car

सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल स्कुलमा भएको ग्रेडिङमा १ सय जना सहभागी थिए । जुनियरतर्फ १५ खेलाडी ब्राउन वेल्ट, २० खेलाडी ग्रिन वेल्ट, १५ खेलाडी यल्लो वेल्ट र २५ खेलाडी ब्लु वेल्टमा पदोन्नती भएका छन् ।

सिनियरतर्फ ब्ल्याकवेल्ट पहिलो डानमा ७ जना, ब्ल्याकवेल्ट दोश्रो डानमा ३ जना, ब्ल्याकवेल्ट तेश्रो डानमा ३ जना र ब्ल्याकवेल्ट चौथो डानमा २ जनाको परीक्षा लिएको प्रशिक्षक महर्जनले जनाएकी छन् । प्रमाण पत्रका लागि उनीहरुको ग्रेडिङको विवरण अमेरिकाको न्युयोर्कस्थित पाको क्योकुसिनको मुख्यालयमा पठाइने छ ।

जुनियरमा विभिन्न तहको वेल्ट प्राप्त गर्न सफल खेलाडीलाई घिमिरेसहित नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापाललगायते वेल्ट र प्रमाण पत्र प्रदान गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update