Aarthikaina
आयोजक बीएनए क्वाटरफाइनलमा
Manakamana Cable Car

काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिनियर गर्ल्समै नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्ट पनि क्वाटफाइनलमा पुगे । क्वाटरफाइनल बीएनए र नेपाल मोडेल, नेचर र भ्याली पब्लिक, फेरिल्यान्ड र एन्जल्स हार्ट तथा स्काइलार्क र ग्रिनल्यान्डबीच हुनेछ ।

जुनियर ब्वाइजमा समूह ‘ए’ बाट एन्जल्स हार्ट विजेता र गोल्डेनपिक उपविजेता हुँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । आयोजक बीएनए समूह ‘बी’ को विजेता तथा हिमरश्मि सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाए । समूह ‘डि’ बाट लालीगुराँस नेसनल एकेडेमी तथा ओडिसी इन्टरनेसनल एकेडेमी क्रमशः विजेता र उपविजेताका हैसियतले क्वाटरफाइनल यात्रा तय गरे । समूह ‘सी’ बाट क्वाटरफाइनल पुग्ने २ टिमको टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update