Aarthikaina
मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका घर भई ललितपुर महानगरपालिका झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । 

चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भन्दै चार जना पीडितहरूबाट पटक पटक गरी जम्मा एक करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै, पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन:दिल्ली पुर्याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update