Aarthikaina
इन्ड्राइभ सेवा बन्यो आधिकारिक

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिसन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुबैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशतसम्म कमिसन शुल्क लागू गरेको छ ।

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको कम्पनीले जनाएको छ ।  एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सिधैं एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ । 

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजताअनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

Manakamana Cable Car

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा सुरु भएको घोषणा गर्न पाउदा अत्यन्त उत्साहित भएको बताए । उनले भने, ‘एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै एक अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभले संसार भरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

त्यसैगरी, इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात भएको बताइन । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा सुरु भएको घोषणा गर्न पाउँदा उत्साहित भएको सुनाउँदै पोखरेलले इन्ड्राइभ प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा आइएमइसँग साझेदारी गरेको जानकारी गराइन । 

काठमाडौँमा इन्ड्राइभका सेवाहरु 

ट्याक्सी, मोटरसाइकल, डेलिभरी, अन्तर–शहर यात्रा(सिटी टु सिटी)राइड 

इन्ड्राइभका मुख्य विशेषताहरु

आफ्नै भाडा प्रस्ताव गर्न सकिने: आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफुले स्वीकार गर्न सकिने ।

चालक छनोट गर्न सकिने: चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन भन्ने कुरा हेर्न सकिने ।

आफ्नो रोजाइमा सुरक्षितहुन सकिने: इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update