Aarthikaina
विभिन्न देश पठाइदिन्छु भन्दै १७ लाखबढी ठगी गर्ने दुई जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका घर भई काठमाडौं महानगरपालिका बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई  काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै पाँच जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै एक जना पीडितबाट सात लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update