Aarthikaina
रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि शानदार जित हासिल गरेको छ ।

अल-अवल पार्कमा शनिबार राति सम्पन्न खेलमा नासर ६-० गोलअन्तरले विजयी भएको हो ।

Manakamana Cable Car

खेलको ५, १२ र ५२ औँ मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए । खेलको १८ औँ मिनेटमा अक्टोभियो, खेलको ४५ औँ मिनेटमा साडियो माने र खेलको ८८ औँ मिनेटमा मोहम्मद अल फातिलले गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानमा रहेको अल नासरको ३० खेलबाट ७४ अंक रहेको छ । अल वेहदा समान खेलबाट ३२ अंकसहित १२ औँ स्थानमा यथावत् रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update