Aarthikaina
महिला चेम्बरद्वारा राष्ट्रियसभा सदस्य डा.शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा.अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा.शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । 

डा.शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष समेत हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा.शाक्यलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

Manakamana Cable Car

सो अवसरमा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा.शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह गरिन् । महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा.शाक्यको भूमिकाको प्रशंसा गरिन् ।

चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय सभामा निजी क्षेत्रको आवाज उठाउन डा.शाक्यलाई सुझाव दिए । महिला चेम्बरमार्फत महिला उद्यमशिलता एवं सशक्तिकरणका लागि चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा.शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको टिप्पणी गरे । 

सम्मान ग्रहणपछि डा.शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । उनले मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाइन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update