Aarthikaina
चेम्बरद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत चेम्बरले सम्पूर्ण श्रमजीविको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।

चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वस्थ्य सेवामा श्रमिको पहुँच सहज बनाउनका लागि विशेष पहल हुनु जरुरी छ ।’

Manakamana Cable Car

श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको  संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

श्रमसम्बन्धी ऐन नियमहरुमा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ ।

सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update