Aarthikaina
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
Manakamana Cable Car

काठमाडौँ । नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ । चीनको युनानमा भएको फाइनलमा नेपालले युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्यो ।

नेपाली टोलीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । जि टु जि अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई उक्त प्रतियोगितामा सहभागिताका लागि सहयोग गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update