Aarthikaina
चीनको  एक कम्पनीले नेपालमै विद्युतीय गाडी उत्पादन गर्न तीन अर्ब लगानी गर्ने

काठमाडौं । चिनियाँको एक कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि तीन अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक पाँच हजार थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो । 

कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ । कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीका अनुसार यहीँ वर्षबाट गाडी उत्पादन सुरू गर्ने योजना छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

उनले यो उत्पादनसँगै पहिलोपटक मुलुकमै विद्युतीय गाडी उत्पादन गर्न लागेको बताएका छन् । जसको लागि गाडी उत्पादनका लागि प्रविधि उपकरण सबै चिनियाँ हुनेछ भने गाडी नेपाली ब्राण्डमै बिक्री हुने उनले बताए ।

प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए । कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए । पुरी निजी विद्यालयको छाता संगठनका पूर्व अध्यक्षसमेत हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update