Aarthikaina
जापानमा उकेश र टार्जनलाई काश्य
Manakamana Cable Car

काठमाडौं । जापान वाटाद्वारा आयोजित २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक जितेका हुन् । 

टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका हुन् । २४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्ने छन् । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने विश्वास लिएका छन् । जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको  छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update