Aarthikaina
चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ 
Manakamana Cable Car

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय छन् ।

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ  । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेतलगायत चेम्बर अभियानका अग्रज हुन् ।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update