Aarthikaina
मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला जर्मनीमा

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा गत शनिबार सम्पन्न भएको छ । फ्र्यान्कफर्टमा नेपाली समाज जर्मनीद्वारा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरिएको थियो । 

त्यहाँ नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा चित्रकार यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि हाल उनी ३३ दिवसीय युरोप कला यात्रामा छिन् । राष्ट्रिय ललितकला पुरस्कार विजेता यादवले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्ने छिन भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

Manakamana Cable Car

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्ट जस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरेका थिए । राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेका नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए । 

Ranju-art-(2)-1714151164.jpeg

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय ५० जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए । अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरुलाई जोड्ने काम गरेको बताए ।

Ranju-art-(1)-1714151160.jpgत्यस अवसरमा उनले राजदूत खड्का, चित्रकार यादव, फ्रयान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई गरिमामय उपस्थितिका लागि धन्यवाद दिएका थिए । नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए ।

Ranju-art-(3)-1714151160.jpeg

सो अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरुले स्वागत गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update