Aarthikaina
सदस्य–सचिव र मारिसोलबीच भेट
Manakamana Cable Car

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपका सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको भेटमा दुई पक्षबीच नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।

भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update