Aarthikaina
इन्टर मिलान २०औँ पटक इटालियन सिरी ‘ए’को च्याम्पियन

काठमाडौँ । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान २०औँ पटक इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । सान सिरोमा सोमबार राति सम्पन्न खेलमा चिर प्रतिद्धन्द्धी एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै पाहुना टोली इन्टर मिलानले ५ खेलअघि नै च्याम्पियन बन्न सफल भएको हो ।

इन्टर मिलानलाई पाँच खेल अगावै च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले समान १/१ गोल गरेका थिए । एसी मिलानका लागि फिकायो तोमारीले एक गोल फर्काएका थिए ।

Manakamana Cable Car

इन्टर मिलानले अन्तिम पटक २०२०/२१ सिजनमा १९औँ उपाधि जितेको थियो । खेलको १८ औँ मिनेटमा बेन्जामिन पावार्डको पासमा फ्रान्सिस्को एसर्वीले गोल गर्दै इन्टर मिलानलाई शरूआती अग्रता दिलाएका थिए ।

खेलको ४९ औँ मिनेटमा मार्कस थुरामले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर बनाएका थिए । खेलको ८० औँ मिनेटमा फिकायो तोमारीले एसी मिलानका लागि गोल गरेपनि त्यो प्रयाप्त रहेन । जितसँगै इन्टर मिलानको ३३ खेलबाट ८६ अंक रहेको छ । समान खेल खेल्दै दोस्रो स्थानमा रहेको एसी मिलानको ६९ अंकमात्रै रहेको छ ।

अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टर मिलानले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ । इन्टर मिलानले बाँकी सबै खेलमा हार र एसी मिलानले सबै खेलमा जित निकालेपनि समिकरण बदलिने छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update