Aarthikaina
फोनपेद्वारा ‘डोमेस्टिक’ क्रेडिट कार्डको सुरुवात, सिटिजन्स बैंकसँग सहकार्य

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुआत गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्तर्गत संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुआत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा गरेको हो । 

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरुलाई फोनपे कार्ड स्केमअन्तर्गत  पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्ने छन् । यो सँगै सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । 

Manakamana Cable Car

सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजनाअन्तर्गत नेपाल राष्ट्र बैंकबाट फोनपेलाई प्राप्त अनुमति बमोजिम भएको जनाइएको छ । 

उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोडिङ र जारी हुने तथा हाल फोन पे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीको स्थानमा प्रयोग गर्न सकिने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update