Aarthikaina
युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ को उपाधि युएईले जितेको छ ।  घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो ।

युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो । ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाएका थिए ।

Manakamana Cable Car

खालिद कैलले ३० रन बनाए भने फयाज बट २३ रनमा नटआउट रहेका थिए । कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडेका थिए ।​

युएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने मुहम्मद फरूक र आयन खानले समान २/२ विकेट लिएका थिए । बसील हमिदले १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।​ युएईका लागि कप्तान मुहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्का सहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक नटआउट इनिङ खेलेका थिए ।​ ​आलिशान शराफुले ३४ रन बनाएका थिए । विष्णु सुकुमरणले १८ रन बनाएका थिए ।  ओमानका लागि बिलाल खानले २ विकेट लिएका थिए भने शकिल अहमद र जिशन मक्सुदले समान १/१ विकेट लिएका थिए ।

यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update