Aarthikaina
कुमारी बैंकद्वारा १० लाखको दुर्घटना बीमा हस्तान्तरण

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा भुक्तानी गरेको छ । बैंकले कावासोती नगरपालिका वडा नं.२ निवासी खातावाला लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरेको हो । 

उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो । नेको इन्स्योरेन्सबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत् सो रकम भुक्तानी गरिएको हो ।

Manakamana Cable Car

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

बैंकले विगत चार वर्षदेखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत् बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ । 

हाल बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाइमार्फत् सेवाहरू प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update