Aarthikaina
प्रभु बैंकको ३०२औँ  शाखा पोखरामा
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं ।  प्रभु बैंकले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं.१५ स्थित नयाँगाउँमा आफ्नो ३०२औँ शाखा सञ्चालनमा ल्याएको छ ।  नयाँगाउँ  शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत  शान्ती शेरचन गौचनले गरेका हुन् । 

बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको नयाँगाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update