Aarthikaina
देशको कथा समेटिएको गित भ्रष्टाचारी

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अवस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहनसहनले पारेको असर लगायतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Manakamana Cable Car

पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा वस्तु समेटिएको गितका प्रस्तुतकर्ता विमल भट्टराईले बताए । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीवन, आधा सिन्दुर र ताई न तूई,  सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीवन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरिसकेका छन् ।  

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी  लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गितले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गित संगित फेरी पनी ल्याउने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update