Aarthikaina
कोका–कोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजना, २० लाखसम्मका पुरस्कार पाइने
Manakamana Cable Car

काठमाडौं । पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।  

‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी(रिटर्नेबल गिलास)का बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्ने छन् ।

कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update