Aarthikaina
एमजी मोटर्सको नववर्ष अफर सार्वजनिक, सात लाखसम्म छुट 

काठमाडौं । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारा माउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहकहरुको लागि ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ । ‘नव वर्षको सुरुवात एमजीसँग गरौँ’, भन्ने यस योजनाअन्तर्गत ग्राहकहरुले सात लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । 

अफर अन्तर्गत एमजीको ईभि मोडलमा ग्राहकहरुले निःशुल्क टायर, ७ किलोवाटको एसि चार्जर र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिन सक्नेछन् । कम्पनीका प्रतिनिधिका अनुसार उक्त अफरअन्तरगत सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा एमजीका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहकहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने छ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार तीन सयभन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

अहिले नेपालमा एमजी४ ईभि, जेडएस ईभि, कोमेट ईभि गरी ३ विद्युतीय सवारी र हेक्टर, एचएस र एसटर गरी ३ ईन्धन/हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार एमजीका गाडीहरुमा अधिक्तम सात लाखको नगद छुटसँगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ र  यो योजनामा सर्तहरु पनि लागू हुनेछ ।

साथै, यो अफर देशैभरिका एमजीका २१ सोरुमहरुमा उपलब्ध हुनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update