Aarthikaina
मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ । मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार सार्वजनिक भएको हो । 

मोडल, कोरियोग्राफर र होष्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डेले मिस्टर गे नेपालको टिसर्ट सार्वजनिक गरेका हुन् । 

Manakamana Cable Car

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुको बिहीबारदेखि क्लोजक्याम्प सुरु भएको छ । क्याम्पमा देशभरबाट छनोट भएका १८ जना सहभागी छन् । वैशाख ९ गते आइतबारका दिन छाया सेन्टर ठमेलमा फाइनल भिडन्तमा १८ जना नै सहभागी हुने मायाको पहिचान नेपालका सचिव पाण्डेले जानकारी दिए । 

मिस्टर गे नेपालको उपाधि विजेताले बेलायतमा हुने मिस्टर गे वर्ल्डमा सहभागी हुन पाउने छन् । पुरस्कार राशि प्रथमलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा मायाको पहिचान नेपालले गरेको छ । 

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुलाई सम्मानसहित प्रमाणपत्र पनि प्रदान गरिने छ । सन् २०१३ मा विश्वराज अधिकारीले पहिलो मिस्टर गे हेन्डसमको उपाधि पहिरिएका थिए भने सन् २०१७ मा भएको दोस्रो गे हेण्डसमको उपाधि मनिल सिंहले हात पारेका थिए । 

त्यसपछि ६ वर्ष वर्षसम्म हुन नसकेको मिस्टर गे नेपाललाई मायाको पहिचान नेपालले २०२४ मा पुर्नजीवित गराएको छ । देशका विभिन्न जिल्लाबाट सहभागी प्रतिष्पर्धाीहरुले ६ वर्षपछि मिस्टर गे नेपाल आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । मायाको पहिचान नेपालले अबदेखि हरेक वर्ष मिस्टर गे नेपाल आयोजना गर्ने घोषणा पनि गरेको छ ।

मायाको पहिचान नेपाल २०८० साल कार्तिकमा मात्रै स्थापना भएको हो । स्थापनाको ६ महिनामै मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक रेन्बो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्न लागेको छ । सम्मेलनमा अमेरिका, बेलायत, जर्मन, भुटान, बङ्गलादेश, भारत, साउथ अफ्रिकालगायत देशबाट सहभागी हुने सुनिश्चित भैसकेको मायाको पहिचान नेपालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update