Aarthikaina
बजाज मोटरसाइकलद्वारा नयाँ वर्षमा लाखौँका उपहार योजनासहित ‘नवआरम्भ’ 

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नवआरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको हो । 

बजाजको ‘नवआरम्भ’ योजनाअन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउने छन् भने भाग्यशाली विजेताहरुले एक लाखसम्मको नगद उपहार जित्न सक्ने छन् । साथै, ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउने छन्, जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउने छ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा निकै हर्षित लागेको बताएका छन् । ग्राहकवर्गको आवश्यकतालाई बुझेर यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्ट जस्ता अफरहरु लिएर आएको बताउँदै निर्देशक गोल्छाले बजाजको तर्फबाट सबैलाई नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरेका छन् । 

त्यसैगरी, कम्पनीले बजाज मोटरसाइकल नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको दाबी गरेको छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्रीनीतिहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय रहेको जनाउँदै कम्पनीले नवीनता, गुणस्तर र सुपथ मूल्यजस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update